(Heartfelt Condolence to Dr. Herve Lafoux)
=================================
सच्चा यात्रीको कुनै तोकिएको योजना हुँदैन, र लक्ष्यमा पुग्छु भन्ने उदेश्य पनि |- Herve Lafoux (https://www.facebook.com/herve.lafoux)
द्वारा आफ्नो फेसबुक पेजमा उल्लेख गरिएको जीवनकै अन्तिम हरफ हो यो |
फ्रान्सको राजधानी पेरसिभन्दा अलि पर एउटा सानो तर सुन्दर समुन्द्री सहर छ, लाओस सोयु । ४५ वर्ष अघि त्यहाँ जन्मेर हुर्केका हेर्वे भौतिक विज्ञानका एक वैज्ञानिक बने । सन् १९९५ मा पार्टिकल फिजिक्समा विद्यावारििध गरेका हेर्वे सँधै अनुसन्धानमा खट्थे र कुनै दिन ठूलै कुरा आविष्कार गर्ने सपना पालेर बस्थे । त्यही सपनाले उनलाई टोकियो विश्वविद्यालयसम्म तान्यो, अमेरकिाको हवाइ पुर्यारयो, स्विट्जरल्यान्डको विश्वविद्यालयमा ध्यानस्थ भएर पढ्ने बनायो । जापानबाट फ्रान्स र्फकनु अघि हेर्वे यो हिमाली देश नेपाल घुम्न नआएको भए सायद यतिखेर टेलिस्कोपमा ब्रम्हाण्डको रहस्य खोज्दै हुन्थे होलान् । तर उनी हुनु अर्कै रहेछ । बस्नु अन्तै रहेछ र गर्नु अर्कै रहेछ र जीवनको यात्रा अन्तै टुंग्याउनु रहेछ ।
सन् १९९६ देखि २००० सम्म धेरै पटक नेपाल घुम्न आइपुगेका हेर्वेले काठमाडौँका सडकमा जोखिम अवस्थाका बालबालिका सधै उसैगरि बेवारिसे खेलिरहेको देखे |
अनि उनलाई लागेछ , यसरी त हुँदैन । सन् २००१ को क्रिसमसमा उनले मरुहिटीमा एउटा कोठा भाडामा लिए । खाने, पकाउने र सुत्ने सबै सरसामाग्री किनिदिएर केही सडक बालकलाई त्यहाँ बोलाए । आफू नआउञ्जेल तिनलाई पुग्ने पैसा दिएर उनी हिँडे । पछि उनि फर्किएर नेपाल आउँदा पनि ति बालबालिकाहरु मज्जाले जमेर बसेका रहेछन् | त्यस पछि त उनले एउटा फ्ल्याट नै लिए । भेटेजति बालबालिकालाई त्यहाँ ल्याए र खुवाउन थाले ।
यो प्रक्रियालाई यतिकै निरन्तरता दिन सकिने अवस्था नरहने देखिसकेपछि उनले आफ्ना साथीहरु संग नेपालका सडकबालबालिकाको पारिवारिक र सामाजिक पुनर्स्थापनामा सहयोग गर्न भने | उनले आफ्नो योजना मुताविक सहयोग बटुले अनि २००१ देखि एपिसी नेपालको छाता मुनि सडक र जोखिम परिस्थिति का बालबालिकालाइ आश्रय संरक्षण शिक्षा, ब्यबसायिक तालिम, र पारिवारिक पुनर्स्थापना तथा सामजिक रुपान्तरणको ढोका खोलिदिदै गए | बिश्व भाषा क्यामपसमा फ्रान्सेली भाषाका अध्यापक समेत रहेर काम गरेका हेर्बे नेपालका जोखिम अवस्थाका बालबालिकाका वारे सदैब चिन्तित रहे |
हामी अचानक अहिले एक दुखद खबर सुनाउदै छौं | कयौं मनहरुका बीचमा एउटा संरक्षक एबं आदर्श चरित्रका रुपमा रहनुभएका भएका श्रद्देय Herve Lafoux अब हामी माझ भौतिकरुपमा नरहेको ३ बर्ष पूरा भइ चौथो बर्षमा प्रवेश गरेको छ |
उनको समिप रहेर एपिसी नेपालको छाता मुनि अबोध बालबालिकाहरुको बीचमा बिताएका हरेक पल सम्झना बनेर ताजै रहिरहेको छ |चौथो पुण्य तिथिको अवसरमा स्वर्गीय आत्माको चिर शान्तिको कामना गर्दै शब्द श्रद्धाञ्जली ब्यक्त गर्दछौ |
– एपीसी नेपाल परिवार